April 22, 2025, Tuesday
२०८२ बैशाख ९
1:37:26 pm

गोरखामा छोराको कुटाइबाट एकको मृत्यु

4.3K

गोरखा– सिरानचोक गाउँपालिका–८ जौबारीस्थित धन्सारमा छोराको कुटपिटबाट एक व्यक्तिको मृत्यु भएको छ। खेतमा धान झार्ने क्रममा भएको सामान्य विवादका क्रममा ७० वर्षीय तुलाराम ढकाललाई उनका ४० वर्षीय छोरा भुवनले कुटपिट गरी हत्या गरेको आरोप लागेको छ। 

धापे भन्ने ठाउँमा खेतमा धान झार्ने क्रममा बुधबार विवाद हुँदा छोराले मुक्का र लौराले छाती र खुट्टामा हिर्काउँदा बुबा गम्भीर घाइते भएकामा उपचारका क्रममा गए राति मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक वासुदेव खतिवडाले जानकारी दिएका छन्।

उनलाई स्थानीय जौवारी स्वास्थ्यचौकीमा उपचारका लागि पुर्‍याइएको थियो। बाबुछोराबीच के विषयमा विवाद भएको थियो भन्नेबारेमा भने खुल्न बाँकी रहेको जनाइएको छ। घटनालगत्तै भुवनलाई प्रहरीले नियन्त्रणमा लिएको थियो। जौबारीबाट खटिएको प्रहरी टोलीले युवकलाई नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय गोरखामा ल्याई थप अनुसन्धान सुरु गरेको खतिवडाले जानकारी दिए।

Advertisement