November 13, 2025, Thursday
२०८२ कार्तिक २८
1:37:26 pm

जनप्रगतीशिल मंच यूकेद्वारा जातीय विभेदको भत्सर्ना

3.1K

लण्डन – कलाकार एबं दलित अधिकारकर्मी रूपा सुनारमाथी भएको जातीय विभेदको घटना प्रती आफ्नो ध्यान आकृस्ट गर्दै जनप्रगतीशिल मंच यूकेले विज्ञप्ती जारी गरेको छ ।

‘सरकारका जिम्मेवार व्यक्तीबाटै दोषीलाई उन्मुक्ति दिने र संरक्षण गर्ने कार्यले दलित समुदायको न्यायको आकांक्षामाथी मात्र नभएर सिंगो सामाजिक न्यायको सुनिश्चितामाथी नै गंभीर प्रहार भएको महशुस गरेका छौं।’ विज्ञप्तीमा भनिएको छ । रूपामाथी भएको घटना नेपालको संविधान, जातीय भेदभाव तथा छुवाछुत र कसुर सजाय ऐन २०६८ र मानव अधिकार हनन बिरूद्दको संन्धी, महासंधी अनुसार दन्डनीय भएको मंचको ठहर छ।

जातीय विभेदको कुनै पनि घटनामा बिना कुनै आग्रह, कुनै किन्तु, परन्तुबिना निश्पक्ष रूपमा संविधान र कानूनको यो प्रवन्धको कार्यान्वयन गर्नु गराउनु राज्यको निरविकल्प दायित्व लाई बिर्सदै द्वन्द चर्काउने गरेको यस्तो धृष्टताको बिरोध गर्दै सबै खाले विभेदको अन्त्य का लागि आम नेपाली जनताले सचेतता पूर्वक भूमिका निर्वाह गरौं भन्ने आग्रह जनप्रगतीशिल मंच यूकेले गरेको छ ।

Advertisement

घटना रूपा सुनारको मात्र नभई सम्पूर्ण दलित समुदाय, आम शोषीत पिडीत, उत्पिजित जात, बर्गको अपमान हो भन्ने ठहर गर्दै यो घटनाको भत्सर्ना समेत गरिएको विज्ञप्तीमा जनाईएको छ ।