काठमाडौँ – नेपाली कांंग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले तनहुँ जिल्लाको ब्यास नगरपालिकास्थित बुल्दीखोलाको पुल उद्घाटन गरेका छन्। बुधबार उद्घाटन गर्न नपाएको पुल पौडेलले बिहीबार कांग्रेसका हजारौं कार्यकर्तासहित उद्घाटन गरेका हुन्।
बुधबार जिल्ला प्रशासन कार्यालयले पुल क्षेत्रमा निषेधाज्ञा जारी गरेपछि उनले पुल उद्घाटन गर्न पाएका थिएनन्।

निषेधाज्ञाको समयमा पुल उद्घाटन गर्न पुगेका पौडेललाई प्रहरीले हिजो तीन घण्टा नियन्त्रणमा समेत लिएको थियो।
बिहीबार भने नेता पौडेलले कसैको अवरोध बिना पुल उद्घाटन गरेका हुन्।पुल उद्घाटन कार्यक्रममा छिमेकी जिल्ला बाट समेत काँग्रेस कार्यकर्ताहरु सहभागी भएका थिए ।