April 22, 2025, Tuesday
२०८२ बैशाख ९
1:37:26 pm

इन्द्रावती नदीले बगायो मेलम्चीको तीन तले घर

2.7K

काठमाडौं- इन्द्रावती नदीमा आएको बाढीले मेलम्ची बजारको एक घर बगाएको छ। अविरल वर्षापछि असार १ गते मेलम्ची र इन्द्रावती नदीमा आएको बाढीमा जोगिएको घर निरन्तरको वर्षा र कटानका कारण भत्किएको हो। 

इन्द्रावती नदीको बाढीले कटान गर्दा मेलम्ची बजारमा रहेको गोपाल दुलालको तीन तले घर शनिबार बिहान बगाएको हो। 
शनिबार बिहान हेलम्बु र मेलम्ची क्षेत्रमा पानी परिरहेको छ। 

असार १ गते र त्यसयताको बाढीका कारण मेलम्ची र इन्द्रावती नदी तटीय क्षेत्रमा जनधनको क्षति भएको छ। 

Advertisement

मेलम्ची, तरामाराङ, चनौटे, तिम्बु, किउल लगायतका क्षेत्रमा बाढीले नराम्रोसँग असर गरेको छ। हेलम्बु गाउँपालिकामा बाढीका कारण १२ जना वेपत्ता भएका छन्। बजार क्षेत्रका केही घरहरु बाढीले बगाएको छ भने मेलम्ची बजारका घरहरुमा लेदो भरिएको छ। बाढीका कारण तीन जनाको मृत्यु भएको छ।

मेलम्चीबाट हेलम्बु तर्फका पुल र बजारहरुका साथै दुई विद्यालय, प्रहरी कार्यालय पनि बाढीले बगाएको छ । जमिन नदीले कटान गर्दा खेतहरु बगरमा परिणत भएका छन्।