November 13, 2025, Thursday
२०८२ कार्तिक २७
1:37:26 pm

कोरोनाविरुद्ध फाइजर भ्याक्सिन प्रयोग गर्न बेलायतको अनुमति

3.5K

लन्डन- कोरोनाविरुद्धको भ्याक्सिन फाइजरको प्रयोग गर्न बेलायतले अनुमति प्रदान गरेको छ। बेलायतको  औषधि नियमनकारी निकाय मेडिसिन्स एन्ड हेल्थकेयर प्रोडक्स रेगुलेटरी एजेन्सी (एमएचआरए)ले फाइजरको भ्याक्सिन प्रयोगका लागि स्वीकृति दिएको भन्दै बिबिसीले समाचार प्रकाशन गरेको छ। 

‘फाइजरले विकास गरेको कोभिडविरुद्धको भ्याक्सिन ९५ प्रतिशत सुरक्षित भएकाले प्रयोगका लागि स्वीकृति दिइएको हो,’ एमएचआरएले भनेको छ। 

यो भ्याक्सिनको प्रयोग भने अबका केही दिनभित्रै सुरु गरिने समेत एमएचआरले बताएको छ। उच्च जोखिम भएका उमेर समूह र व्यक्तिलाई  यसको प्रयोगमा प्राथमिकता दिइने समेत बेलायती अधिकारीहरूको तयारी छ।

Advertisement

यसअघि नै बेलायतले फाइजर भ्याक्सनिका ४ करोड डोज अर्डर गरिसकेको छ। तर बेलायतको यसको प्रयोग आवश्यक भएको जनसंख्या भने २ करोड मात्र भएको बताइएको छ। यसरी हेर्दा एक जनाका लागि २ वटासम्म भ्याक्सिन प्रयोग गर्न पुग्छ। 

फाइइजरले तत्कालै एक करोड डोज भ्याक्सिन बेलायतलाई प्रदान गर्ने तयारी गरिएको समेत जनाएको छ। १० महिनाको प्रयासपछि भ्याक्सिन विकास गर्न सफल भएको फाइजर भ्याक्सिन निर्माताको दाबी छ।