November 13, 2025, Thursday
२०८२ कार्तिक २७
1:37:26 pm

भिजिट भिसामार्फत् वैदेशिक रोजगारीमा नजान विभागको आग्रह

3.9K

काठमाडौं– वैदेशिक रोजगार विभागले अवैध रुट तथा भिजिट भिसामार्फत् वैदेशिक रोजगारीमा नजान आग्रह गरेको छ ।

युएईलगायत मुलुकमा आकर्षक रोजगारीको प्रलोभनमा पारी विभिन्न व्यक्ति तथा म्यानपावर कम्पनीहरुले समेत भिजिट भिसामा पठाइ कामदार अलपत्र पार्ने प्रवृत्ति बढेकाले सचेत रहन विभागले युवाहरुलाई आग्रह गरेको हो ।

अवैधानिक रुपमा श्रमका लागि भिजिट भिसामा गएका व्यक्तिहरुको सेवा, शर्त तथा सुविधा भनेअनुसार नभएमा उजुरीका लागि कानुनी आधार नभएको भन्दै विभागले अवैध प्रकृयामार्फत् वैदेशिक रोजगारीमा नजान आग्रह गरेको हो ।

Advertisement

पछिल्लो समय म्यानपावर कम्पनी तथा एजेन्टहरुले आकर्षक रोजगारीको प्रलोभनमा पारी चर्को रकम असुलेर युवाहरुलाई भिजिट भिसामा पुर्‍याइ अलपत्र पार्ने प्रवृति बढ्दै गएको पाइएको छ ।