April 22, 2025, Tuesday
२०८२ बैशाख ९
1:37:26 pm

कुवेत सरकारले बिदामा घर गएर आउन नपाएका घरेलु कामदारहरुलाई सिधा उडान मार्फत ल्याईने

3.8K

डिसेम्बर १, कुवेत। कोभिड-१९ का कारण घर बिदामा गएर कुवेत आउन नपाएका घरेलु कामदाहरुलाई सिधा उडान मार्फत डिसेम्बर ७ बाट कुवेत आउन दिने निर्णय गरेको छ।  विश्व महामारी जोखिमका कारण कुवेत सरकारले ३४ वटा देशबाट हुने सिधा उडान र कामदार आउन रोक लगाइएको कारण घर बिदामा गएका विभिन्न देशका कामदार आउन सकेका थिएनन् ।

कुवेतबाट प्रकाशित हुने समाचार संस्था अरब टाइम्समा जनाए अनुसार उडान खर्च र अलग्गै क्वारनटाइन खर्च लाग्ने बताइएको छ।  कुवेत आउन रोक लगाएका ३४ मुलुक मध्ये नेपाल,भारत, श्रीलंका,फिलिपिन्स, बंगलादेश लगायतको देशबाट सिधा उडान मार्फत आउन दिने भएको छ। कुवेत एयरलाइन्स र जजिरा एयरलाइन्स मार्फत आउन पाउने घरेलु कामदारको लागि हवाई भाडा पनि तोकिएको छ। जस अनुसार फिलिफिन्सको लागि २०० केडी हावाई भाडा तोकिएको छ भने नेपाल, श्रीलंका र बंगलादेशको लागि १४५ केडी र भारतको लागि ११० केडी हावाई भाडा तोकिएको छ। क्वारनटाइन खर्च छुट्टै २७० केडी तोकिएको समाचारमा उल्लेख रहेको छ।  

छुट्टिमा रहेका घरेलु कामदारको लागि यो सुविधा दिए पनि नेपाली महिला घरेलु कामदारको लागि भने श्रम स्वीकृतिको लागि नेपाली दुतावास कुवेतबाट अनुमति पत्र लिएकाहरुले मात्र यो सुविधा पाउने छन् ।  
घरेलु कामदारको लागि कुवेत सरकारले यो सुविधा दिए पनि कम्पनिमा काम गर्नेहरुलाई भने यात्रा गर्न अनुमति भएका तेस्रो मुलुक हुदै १५ दिनको क्वारनटाइन बसाइ पछि कुवेत आउन अनुमति दिएको छ।   

Advertisement