November 13, 2025, Thursday
२०८२ कार्तिक २७
1:37:26 pm

सुन तोलामा ५ सय रुपैयाँले बढ्यो

2.4K

काठमाडौं-मंगलबार नेपाली बजारमा सुनको मूल्य तोलामा ५ सय रुपैयाँले बढेको छ। सोमबार प्रतितोला ९० हजार रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य मंगलबारका लागि ९० हजार ५ सय रुपैयाँ तोकिएको छ।

चाँदीको मूल्यमा समेत वृद्धि भएको छ। मंगलबार एकैदिन चाँदीको मूल्य तोलामा ३५ रुपैयाँ बढेको हो।

मंगलबारका लागि चाँदीको मूल्य प्रतितोला ११ सय ५५ रुपैयाँ कायम भएको छ। सोमबार चाँदी प्रतितोला ११ सय २० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

Advertisement