November 13, 2025, Thursday
२०८२ कार्तिक २८
1:37:26 pm

मलामी गएका किशोरको नदीमा डुबेर मृत्यु

4.3K

बैतडी : मलामी गएका बैतडीका एक किशोरको मंगलबार महाकाली नदीमा डुबेर मुत्यु भएको छ। मृत्यु हुनेमा जिल्लाको शिवनाथ गाउँपालिका–१ कुँडका १७ वर्षीय महेश साउँद छन्।

जिल्ला प्रहरीका कार्यालय बैतडीका प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक दर्शन खड्काकाअनुसार स्थानीय ६० वर्षीय घनबहादुर साउँदको मलामी गएका महेश मंगलबार नुहाउने क्रममा महाकाली नदीको डिम्बर घाटबाट बेपत्ता भएका थिए।

बेपत्ता किशोरको करिब ५ घण्टापछि नदीमै शव भेटिएको थियो। उनको शव नेपाल प्रहरी र शसस्त्र प्रहरीको टोलीले निकालेको हो।  

Advertisement