काठमाडौं- खुश्बु ओली एकताका निकै सुनिएको नाम हो । खासगरी गुण्डा नाइके चरीको इन्काउन्टर वरीपरी उनि पनि मिडियामा छाएकी थिइन् ।
खुश्बु ओली मोडलिङबाट छाएकी हुन् । कुनै बेला मिस टिन बनेकी उनी सुन्दरताका कारण चर्चामा आइन् । तर, उनको कतिपय भूमिका विवादास्पद बन्यो ।
पछिल्लो समय कतार प्रहरीमा जागिर लगाइदिने भन्दै आएको ठगी प्रकरणमा खुश्वु ओलीको नाम तानिएको छ।
विवरणहरूमा आएअनुसार यस ठगी प्रकरणमा आफ्नो संलग्नतालाई उनले खारेज गरेकी छन्। तर नेपालस्थित कतारी कुटनीतिक नियोग प्रमुख युसुफ बिन मोहम्मद अल हैलसँगको सम्बन्धका कारण म्यानपावर कम्पनीलाई समन्वय गर्न ओलीको सहयोग रहेको आरोप लागेको छ।
ओलीको नाम विभिन्न विवादीत विषयमा मुछिने गरेको छ। चरीसँग जोडिएको उनको नाम पछिल्लो पटक प्रधानमन्त्री केपी शर्मा ओलीसँगको सम्बन्धको फाइदा उठाएको भन्नेमा मात्र आएन, चेक बाउन्स प्रकरणमा अदालतले दोषी नै करार गरेका विवरण पनि सतहमा आएका थिए। यही सन्दर्भमा कतार रोजगारीको ठगी प्रकरणमा पनि उनलाई तानिएको छ।
ओलीले नै १७ वटा म्यानपावरका प्रतिनिधिलाई राजदूतसँग मिलाएको भन्ने विवरण आएका थिए।
स्बु गुण्डानाइके दिनेश अधिकारी चरीसँग जोडिइन् । चरीसँगको प्रेम सम्बन्धका कारण चर्चामा आइन् । चरीको प्रहरी इन्काउन्टरमा मृत्युपछि खुश्बुले खुलेर विरोध गरिन् । जसका कारण उनी निकै चर्चामा पुगिन् ।
खुस्बु पछिल्लो समय फेरि चर्चामा आएकी छिन् । लाखौं ठगी मुद्दामा उनी दोषी ठहर भएकी छिन् ।