November 13, 2025, Thursday
२०८२ कार्तिक २८
1:37:26 pm

अर्घाखाँचीमा भीरबाट लडेर बालिकाको मृत्यु

6.3K

अर्घाखाँची : अर्घाखाँचीमा भीरबाट लडेर एक बालिकाकाे मृत्यु भएकाे छ। बाख्रा चराउन गएको बेला भीरबाट खसेर मालारानी–७ बामरुक चौपारी निवासी गोमबहादुर थापाको १४ वर्षीया  छोरी सम्झना थापाको मृत्यु भएको हाे।

बाख्रा चराउन गएकी सम्झनाको दर्गाको भीरबाट करिब पाँच सय मिटर तल खसेर घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।

Advertisement