November 13, 2025, Thursday
२०८२ कार्तिक २८
1:37:26 pm

सगरमाथा बेसक्याम्पबाट शेर्पाको नयाँ रेकर्ड

3.7K

काठमाडौं– गायक, निर्देशक तथा सञ्चारकर्मी फुर्वा शेर्पाले एउटा अर्को रेकर्ड बनाउन सफल भएका छन्। शेर्पाले आफूले रेकर्ड राखेको प्रमाणपत्र लिने क्रममा थप अर्को एउटा रेकर्ड राख्न सफल भएका हुन्।

विश्वको सर्वोच्च स्थानमा आफूले राखेको रेकर्डको आधिकारिक प्रमाणपत्र लिने व्यक्तिको रेकर्ड शेर्पाले राखेका हुन्।

शेर्पाले सन् २००४ मा “गीत एक अक्षरको“ नामक एल्बममा देवनागरी लिपिको एक अक्षर “म“ मात्रै प्रयोग गरि गीत गाएर गिनिज बुक अफ वर्ल्ड रेकर्डमा नाम लेखाउन सफल भएका थिए, भने हालै त्यही गीतलाई यूकेको वल्र्ड बुक अफ रेकर्डले समेत रेकर्डको रुपमा स्वीकार गर्‍यो।

Advertisement

यसैको आधिकारिक प्रमाणपत्र वल्र्ड बुक अफ रेकर्डले फुर्वा शेर्पालाई सगरमाथाको बेसक्याम्पमा प्रदान गर्दा विश्व कै सर्वोच्च स्थानमा प्रमाणपत्र पाउनेको रेकर्डसमेत शेर्पाले राख्न सफल भएका हुन्। १५ मे मा शेर्पालाई सगरमाथा बेसक्याम्पमा उक्त प्रमाणपत्र प्रदान गरिएको थियो।