November 13, 2025, Thursday
२०८२ कार्तिक २७
1:37:26 pm

अब मन्दिर, आश्रम, गुरुकुल, गुम्बा, बिहार, चैत्य, गोन्पा र माङ्हिम पनि सार्वजनिक संस्था

3.8K

काठमाडौं– सरकारले सनातन संस्कृतिमा आधारित मन्दिर, आश्रम, गुरुकुल, गुम्बा, बिहार, चैत्य, गोन्पा र माङ्हिम पनि सार्वजनिक संस्था रुपमा तोकेका छ।

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले राजपत्रमा सूचना निकाल्दै यस्तो निर्णय गरेको हो।

भूमि सम्बन्धी ऐन २०२१ को दफा १२ को खण्ड (ख२) को प्रयोजनका लागि सोही ऐनको दफा २ को खण्ड  झ को उपखण्ड ५ बमोजिक यो निर्णय भइर राजपत्रमा सूचना प्रकाशित भएको छ।

Advertisement

मूल ऐनको दफा १२ को खण्ड (ख२)मा नेपाल सरकार द्धारा जारी सूचित आदेशमा उल्लिखित हद बमोजिम सार्वजनिक संस्था, उद्योग, प्रतिष्ठान, कम्पनी वा आयोजनालाई खरिद गर्न लिएको जग्गा उल्लेख छ।