April 22, 2025, Tuesday
२०८२ बैशाख ९
1:37:26 pm

ट्रकले ठक्कर दिँदा घटनास्थलमै प्रहरी हवल्दारको मृत्यु

6.1K

कञ्चनपुर – बेदकोट नगरपालिका–१ चम्फापुर नजिकै ट्रकले ठक्कर दिँदा मोटरसाइकलमा सवार प्रहरी हवल्दार अन्दाजी ३६ वर्षका रामबहादुर विष्टको आइतबार घटनास्थलमै मृत्यु भएको छ। 

महेन्द्रनगरबाट धनगढी आउँदै गरेको से १ क १४०६ नम्बरको ट्रकले विपरीत दिशाबाट आउँदै गरेको लु१२प ५१५ नम्बरको मोटरसाइललाई ठक्कर दिएको थियो। 

प्रहरी हवल्दार विष्ट भीमदत्त नगरपालिकाको झोलुंगे पुल अस्थायी प्रहरी चौकीमा कार्यरत थिए।  

Advertisement

शवको मुचुल्का तयार गरी परीक्षणका लागि महाकाली अस्पताल महेन्द्रनगर लैजाने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुर प्रहरी नायव उपरीक्षक अमर बहादुर थापा क्षत्रीले बताए।

ठक्कर दिने ट्रकका चालक गोदावरी नगरपालिका १ का वर्ष २८ का यज्ञराज भट्टलाई प्रहरीले नियन्त्रणमा लिएको छ। मृतक विष्ट शुक्लाफाँटा नगरपालिका–११ का बसिन्दा हुन्।