काठमाडौं – बाग्लुङको गल्कोटबाट काठमाडौंका लागि उडेको कैलाश सर्भिसेजको हेलिकोप्टर नुवाकोटमा आकस्मिक अवतरण गरिएको छ।
हेलिकोप्टरमा चरा ठोक्किएपछि नुवाकोटमा आकस्मिक अवतरण गरिएको जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रहरी प्रमुख एसपी तुलबहादुर कार्कीले जानकारी दिए। उनका अनुसार कैलाश हेलिकप्टर सर्भिसेजको हेलिकप्टर आज दिउँसो साढे २ बजेतिर नुवाकोट बेलकोटगढी नगरपालिका—६ मा आकस्मिक अवतरण गरिएको हो।
हेलिकोप्टर अवतरणका क्रममा पाइलट दीपक गर्बुजा पुन सामान्य घाइते भएका छन्। थप विवरण आउन बाँकी रहेको प्रहरी उपरीक्षक कार्कीले बताए।
कैलाश एयरका अपरेसन चिफ श्रीहरि कुइँकेलले भने चरा ठोकिएपछि हेलिकोप्टरको अगाडिको सिसा फुटेको तर मानवीय क्षति भने नभएको बताएका छन्।