April 22, 2025, Tuesday
२०८२ बैशाख ९
1:37:26 pm

म्यान्चेस्टर सिटी भयो यस बर्षको इङ्लिश प्रिमियर लीग च्याम्पियन

3.5K

यस बर्षको फुटबल सिजन २०२०–२१ को इङ्लिश प्रिमियर लीग च्याम्पियन म्यान्चेस्टर सिटी बनेको छ ।

आज भएको सिजनको ३५औं खेलमा सिटीको निकटतम प्रतिद्धन्दी म्यान्चेस्टर युनाइटेडलाई लेस्टर सिटीले पराजित गरेपछि म्यानचेस्टर सिटीको पहिलो स्थान निश्चित भएको हो ।

आजको नतिजासंगै उत्तर–पश्चिम इङ्ल्याण्डको अर्को महशुर टीम म्यान्चेस्टर सिटीले बितेको ४ बर्षमा तेस्रो पटक प्रिमियर लिगको उपाधि जितेको छ ।

Advertisement

सन् २०१६ मा म्यान्चेस्टर सिटीको म्यानेजर भएयता पेप गर्वाडियोलाले म्यान्चेस्टर सिटीलाई जम्मा ८ वटा घरेलू ट्रफीहरु जिताएका छन् ।