April 22, 2025, Tuesday
२०८२ बैशाख ९
1:37:26 pm

बेलायतका असन्तुष्ट कांग्रेसीहरूले यसरी लेखे देउबालाई पत्र (पत्र सहित)

4.2K

लण्डन । नेपाली जनसम्पर्क समिति यूकेको असन्तुष्ट पक्षले पार्टीको क्रियाशील सदस्यता वितरणमा असन्तुष्टि जनाएका छन् । असन्तुष्ट केही सदस्यले क्रियाशील सदस्यता वितरणबाट बञ्चित हुने अवस्था सृजना भएको जनाउँदै केन्दी्रय कार्य समितिलाई पत्रचार गरेको छ ।

असन्तुष्ट पक्षका छ जना पदाधिकारीले केन्द्रिय कार्यसमितिलाई पत्रचार गर्दै समितिको आन्तरिक समस्या तत्काल समाधान गर्न आग्रह गरेको छ । पत्र मार्फत महाधिवेशन प्रतितिधि तथा पूर्व उपसभापति बिजन भट्ट, पूर्व उपसभापति तथा पूर्व महासमिति सदस्य सान्तविनोद लामिछाने, पूर्व सल्लाहकार तथा निर्वाचन समिति सदस्य बेदराज पराजुली, पूर्व महामन्त्री शिब तिमिल्सिना र पूर्व महामन्त्री विश्व घिमिरेले नेपाली जनसम्पर्क समिति बेलायतबाट प्रतिनिधि बन्ने अवसरबाट कार्यकताहरु, वैधानिकता गुमाइसकेको नेपाली जनसम्पर्क समिति बेलायतको केन्द्रबाट बेलायतका लागि बुझेर ल्याएको क्रियाशील सदस्यता समन्वयमा कुनै चासो नदेखाई लुकाउने प्रयत्न गरिएको आरोप लगाएका छन् ।

असन्तुष्ट पक्षले पत्र मार्फत अहिलेको अवस्थाले सयाँै नयाँ तथा पुराना कांग्रेसका प्रतिवद्ध नेता कार्यकर्ताहरु क्रियाशील सदस्यबाट वञ्चित हुने स्थिति देखिएको उल्लेख छ । नेपालको हरेक राजनीतिक परिवर्तनमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने पार्टीका नेता तथा कार्यकर्ता कृयाशील सदस्य वन्न र नविकरण गर्नबाट बञ्चित हुने देखिएकाले समस्या तत्काल समाधान गर्न पत्र मार्फत उनीहरुले पार्टी केन्द्रिय कार्य समितिलाई आग्रह गरेका छन् ।

Advertisement

यसैविच नेपाली जनसम्पर्क समिति यूकेले आजबाट नेपाली कांग्रेसको क्रियाशील सदस्यता फारम वितरण शुरू गरेको छ । एनपीसीसी युकेको पूर्व बैठकको निर्णय अनुसार युकेका विभिन्न क्षेत्रमा गठित क्रियाशील सदस्य वितरण समिति मार्फत आजदेखि क्रियाशील सदस्यता फारम वितरण शुरू गरिएको हो । समितिले शुक्रवार एक विज्ञप्ती जारी गर्दै वितरण समितिका सदस्यहरूले एनपीसीसी युकेका कार्यवाहक सभापति महेश दाहालसंग सम्पर्क गरी फारम प्राप्त गर्न अनुरोध गरेको छ ।