April 22, 2025, Tuesday
२०८२ बैशाख १०
1:37:26 pm

गैरआवासीय नेपाली संघले हस्तान्तरण गर्यो गाेर्खाकाे लाप्राक नमूना बस्ती

5.4K

काठमाडौं । गोरखाको लाप्राकमा निर्माण गरिएको नमूना वस्ती हस्तान्तरण गरिएको छ । गैरआवासीय नेपाली संघको अगुवाइमा निर्माण भएको लाप्राक नमूना बस्ती ५ बर्षको लामो अथक प्रयास पछि बिहीबार एक कार्यक्रमको आयोजना गरि हस्तान्तरण गरिएको हो ।

लाप्राक नमूना बस्ती परियोजनाको जिम्मा पाएका एनआरएनए उपाध्यक्ष तथा परियोजना संयोजक सोनाम लामाले वस्ती हस्तान्तरण पस्चात सामाजकि यस्तो लेख्नु भएको छ ।

आज २२ अप्रिल २०२१का दिन गैरआवासीय नेपाली संघ लाप्राक नमूना वस्तीको हस्तान्तरण भएको छ । आज हामी सबै गैरआवासीय नेपालीहरुको सपना साकार भएको छ ।

Advertisement

मलाई अत्यन्त खुशी लागेको छ । सुरुको अभियान दिन देखी म यो अभियानमा लागेको र यो कार्यकालमा मलाइ संघले नमूना वस्ती निर्माणको लागि संयोजकको हैसियतमा जिम्मा दिएको थियो र मैले यो जिम्मेवारी आज पुरा गरेको छु ।

सुरुमा पहिलो पटक सन् २०१६ को ३ देखी ६ अप्रिल सम्म लाप्राकको गुप्सीपाखामा त्यहाँको भौगोलिक स्थित अध्ययन गर्नको लागि म स्वयंम, तत्कालीन अमेरिकाबाट प्रतिनिधित्व गर्नु हुने आइसिसि सदस्य नविन शेरचन लगायत विज्ञहरु गएका थियौं । त्यस समयमा त्यहाको माटोको परिक्षण, जग्गाको नापी लगायत अन्य निर्माण सम्बन्धी कामको लागि चाहिने कुराहरुको अध्ययन गरिएको थियो ।

त्यस दिन देखी लगातार म यस निर्माण अभियानमा लागेको र आज अन्तिम दिनमा पनि यसको हस्तान्तरण म आफैले जिम्मालिएर गर्न पाएकोमा म निकै खुशी भएको छु ।

यो दिन गैरआवासीय नेपाली अभियानमा सधै स्मरणीय रहने छ । यस वस्ति निर्माणमा सहयोग गर्नु हुने गैरआवासीय नेपाली संघका अभियन्ताहरु, सम्पूर्ण दाताहरु, धार्चे गाउँपालिका, स्थानीय सरकार तथा जनप्रतिनिधि, स्थानीय समुदाय लगायत सम्पूर्ण महानुभावहरु प्रति आभार प्रकट गर्दछु ।

यस नमूना वस्तिमा सहयोग गर्नु हुने विशेष गरी तमुधी युके, मुस्ताङ् किदुङ् युएसए र अन्य संघ संस्थाहरुलाई सहयोग गरे वापत तत्कालिन अध्यक्ष शेष घलेज्यूले उहाँहरुले सहयोग गरेको रकम बराबरको घरहरुमा सहयोग गर्ने संघ संस्थाहरुको नाम लेख्ने र ती संघ संस्थाहरुको प्रतिनिधिहरु आएर साचो बुझाई हस्तान्तरण गर्ने भन्नु भएको थियो ।

तर अहिलेको कोभिडको विश्वव्यापी महामारीले गर्दा हामीले यो काम गर्न सकेनौ यसका लागि म यस नमूना वस्ती परियोजनाको संयोजकको तर्फबाट क्षमायाचना गर्न चाहन्छु । तर हामीले उहाँहरुको संघ संस्थाहरुको नाम शिलापत्रमा राखेका छौ ।

यस्तो परोपकारी कार्यमा सम्पूर्ण सहयोग गर्नु हुनेहरुलाई हार्दिक धन्यवाद ।