मुगु – आगलागीबाट खत्याड गाउँपालिका–३ रोलगाउँमा पाँच घरमा क्षति पुगेको छ।
बिहीबार दिउँसो भएको आगलागीबाट हस्तबहादुर शाही, होमबहादुर शाही, डबलबहादुर शाही, टेकबहादुर शाही र सुनकौरा सिंहको घर पूर्ण रुपमा क्षति भएको जिल्ला प्रहरी कार्यालय मुगुले बताएको छ। आगलागीबाट सुनकौरा सिंहको दाहिने हातमा सामान्य जलेको प्रहरी निरीक्षक नरेश विकले जानकारी दिए।
श्रीकोट प्रहरी चौकीका प्रहरी, रोल श्रीकोट र सैन गाउँका स्थानीयको सहभागितामा आगो नियन्त्रणमा आएको थियो। आगलागी करिब ३० लाख रुपैयाँको क्षति भएको प्रहरी निरीक्षक विकले बताए। आगलागी भएको स्थान जिल्ला सदरमुकाम गमगढीबाट एक दिनको पैदल यात्राको दूरीमा रहेका छ।