April 22, 2025, Tuesday
२०८२ बैशाख ९
1:37:26 pm

मौसमः आज देशका विभिन्न चार प्रदेशमा हल्का वर्षाको पूर्वानुमान

2.4K

काठमाडौँ- आज विभिन्न चार वटा प्रदेशमा हल्का वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

आज दिउँसो प्रदेश नं १, प्रदेश नं २, बागमती प्रदेश र गण्डकी प्रदेशमा आंशिक देखि सामान्य बदली रही पहाडी भूभागका एक/दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

गण्डकी प्रदेश, बागमती प्रदेश र प्रदेश नं १ का उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा भने हल्का हिमपातको सम्भावना पनि रहेको छ।

Advertisement

देशभर पश्चिमी वायुको प्रभाव कायमै रहेकाले आइतबारसम्म मौसममा बदली रहने महाशाखाले जनाएको छ ।