November 13, 2025, Thursday
२०८२ कार्तिक २७
1:37:26 pm

डडेल्धुराका केही विकट बस्तीमा खानेपानी उपलब्ध

3.7K

डडेल्धुरा– परशुराम नगरपालिका-३ का कालीढुङ्गी, आमथला, हल्द्वानी र सिमल्टा गाउँमा खानेपानी उपलब्ध भएको छ। विकट बस्तीका रुपमा रहेका ती गाउँका एक सय १६ उपभोक्ताले अहिले  खानेपानी सहज रुपमा उपभोग गर्न पाएका हुन्। 

खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयले गत आर्थिक वर्षदेखि कालापातल, कालीढुङ्गी, आमथला, हल्द्वानी र सिमल्टामा खानेपानी आयोजना कार्यान्वयन गरेको थियो। आयोजनामार्फत् ६ किलोमिटरको दूरीमा रहेको कालापातल खोलाबाट चारवटै बस्तीसम्म खानेपानी पुर्‍याइएको हो।

यसका लागि सुदूरपश्चिम प्रदेश सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालयमार्फत् तीन करोड ४८ लाख बजेट खर्च भएको थियो। लकडाउन अवधिमा पाइप लाइन निर्माण सम्पन्न भई बस्तीसम्म खानेपानी पुगिसकेको खानेपानी योजना उपभोक्ता समितिका अध्यक्ष चन्द्रबहादुर धामीले जानकारी दिए। 

Advertisement