सुनसरी । नेपाली कांग्रेसका युवा नेता रविप्रकाश राईले नेपाली राजनीतिमा बिदेशी हस्तक्षेत बढेको आरोप लगाएका छन् । नेपाली कांग्रेस सुनसरी र नेपाल तरुण दल सुनसरीले संयुक्त रूपमा आयोजना गरेको भेटघाट कार्यक्रममा नेता राईले नेपालको राजनीति अस्थीरता तर्फ उन्मुख हुनुमा बिदेशी शक्तिहरुको हात रहेको बताए । नेता राईले भने “बिदेशी शक्तिहरु सल्बलाउनाले देश कम्जोर हुँदै गयो, त्यसको परिणाम नेपालको राजनीतिक पार्टीहरुमा फुटको स्थीति सृजना भयो,” ।
नेपाली कांग्रेस महासमिति सदस्य समेत रहेका युवा नेता राईले देशको राजनीति अस्थीरता तर्फ बढेको बताउदै भने “अहिलेको अवस्थामा राजनीतिक पार्टीका नेताहरु संवेदनशील भइ राष्ट्र, राष्ट्रियता र लोकतन्त्रको कुरा मात्र होइन राष्ट्र र माटोप्रतीको बफादारीमा जिम्मेवार बन्नु पर्छ,” ।
देशमा ढिलो चाँडो देशमा निर्वाचन हुने भन्दै नेता राइले कांग्रेसका नेताहरु राजधानी केन्द्रित नभई जनतास्तरमा पुगेर वास्तविक जनताको अभाव र सपनाका कुराहरु पहिचान गरि सोही अनुरुप दृष्टिकोण तयार गरेर अघि बढ्नु पर्नेमा जोड दिए । साथै उहाँले नेपाली कांग्रेस गुटगत राजनीतिमा नभई भावनात्मक एकतामा बाँधिएर निर्वाचनको तयारीमा लग्नुको बिकल्प नरहेको समेत बताए ।
नेता राईले कांग्रेस पार्टीमा नेतृत्व गर्न खोज्ने नयाँ पुस्ताहरुले पनि गुट गत राजनीति नै गर्ने हो भने नेतृत्व गर्नु खोज्नुको कुनै औचित्य नरहेको भन्दै उनले पार्टीमा नेतृत्व गर्नु खोज्नेहरुले सबै कांग्रेसहरुलाई हेर्ने नजर एउटै बनाउन आवश्यक भएको बताए ।
साथै नेता राईले कांग्रेस पार्टीलाई मजबुद वनाउन अब सबै कांग्रेस सचेत हुनु पर्नेमा जोड दिदैँ भने नेताहरुले नयाँ नयाँ बिचार दिने हो त्यो नयाँ बिचारले मात्र पुग्दैन पार्टी मजबुद बनाउन व्यवहार पनि नयाँ हुनु पर्दछ। हामी कार्यकर्ताहरुनै नेताहरुको भ्रमित र खण्डित कुरामा लगेर बिभाजित भयौ भने कांग्रेस झन कम्जोर भएर जाने देखिन्छ । अब पार्टीलाई मजबुद बनाउने जिम्मा हाम्रो काँधमा आएको छ, हामीले त्यो जिम्मेवारी निर्वाह गर्न तयार हुनु पर्छ ।