April 22, 2025, Tuesday
२०८२ बैशाख ९
1:37:26 pm

मन्त्री भट्टराईले भने- पर्यटन पुनरुद्धार र पुनर्उत्थानका लागि मन्त्रालय प्रतिबद्ध छ

3K

काठमाडौं– संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले पर्यटन क्षेत्रलाई पुनः गति दिनेगरी ठोस कदमहरु बढिसकेको बताएका छन्। पर्यटनको पुनरुद्धार र पुनर्उत्थानका लागि नेपाल पर्यटन बोर्डले गरेको कार्यक्रममा मन्त्री भट्टराईले  पर्यटन पुनरुद्धार र पुनर्उत्थानका लागि मन्त्रालयका तर्फबाट प्रतिबद्धता जनाए।

कार्यक्रममा बोर्डका कार्यकारी प्रमुख डा. धनञ्जय रेग्मीले बोर्डले कोभिड–१९ ले पर्यटनमा पारेको असर सम्बोधन गर्न विगत र वर्तमानमा गरिरहेको कामहरुको प्रस्तुति गर्दै प्रभावकारी पुनरुद्धार र पुनर्उत्थानका लागि निजी क्षेत्रको एकता र सहकार्यका लागि अनुरोध गरेका थिए।

त्यसअवसरमा निजी क्षेत्रका सहभागीहरुले प्रभावकारी सञ्चार र समन्वयका साथ पर्यटनको गतिविधि खोल्नुपर्नेमा जोड दिए।
पर्यटन उद्योगको पुनरुद्धार र पुनर्उत्थानका लागि स्वास्थ्य प्रोटोकलको पालनाका निमित्त सहकार्य आवश्यक भएको पनि सहभागीहरुले बताएका थिए।

Advertisement

मन्त्रालयका सचिव यादवप्रसाद कोइरालाले यस संकटलाई पार गर्न कार्यतालिका बनाएर अघि बढ्नका लागि सहकार्य गर्न सबैमा अनुरोध गरे।