April 22, 2025, Tuesday
२०८२ बैशाख ९
1:37:26 pm

भारतीय विदेश सचिव काठमाडौं आइपुगे

2.6K

काठमाडौ–भारतीय विदेश सचिव हर्षवर्धन श्रृंगला काठमाडौं आइपुगेका छन्। दुई दिनको औपचारिक नेपाल भ्रमणका लागि उनी बिहान ११ बजे आइपुगेका हुन्। दुई देशबीचको लामो संवादहीनताका बीच भारतीय विदेशसचिवको औपचारिक भ्रमण भएको हो।

भारतले राजनीतिक नक्सा जारी गर्दा नेपालको कालापानी र लिपुलेक समेटिएपछि  त्यसको जवाफमा नेपालले पनि नयाँ नक्सा सार्वजनिक गरेको थियो। त्यसपछि दुवै देशबीच तिक्तता बढेको थियो। यो बीचमा औपचारिक र अनौपचारिक रुपमा दुवै देशबीच वक्तव्यबाजीमात्र भइरहेको थियो । नेपाल र विदेशसचिवस्तरीय भेटका लागि उनी नेपाल आएका हुन् । 

दक्षिणी छिमेकी भारतसँग गत वर्षदेखि  लिपुलेक, कालापानी क्षेत्रबारे  विवाद चुलिएको थियो। एक वर्षसम्म चिसिएको दुई देशको सम्बन्ध सुधार्न पछिल्लो समय भारतबाट विभिन्न भ्रमण भइरहेका छन्। पछिल्लो एक वर्षमा भारतबाट काठमाडौं आएका श्रींगला उच्च कूटनीतिज्ञ हुन्।

Advertisement

उनले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली, परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीलगायतसँग भेट गर्ने कार्यक्रम छ।

श्रींगला विदेश नीतिसम्बन्धी थिंक ट्यांक एसियन इन्सिच्युट  अफ डिप्लोमेसी एन्ड इन्टरनेसनल अफेयर्स (एआइडिआइए) ले गर्ने कार्यक्रममा पनि सहभागी हुनेछन्। शुक्रबार हुने उक्त कार्यक्रममा नेपाल–भारत दुईपक्षीय सहयोगका मुद्दाहरूबारे उनले भनाइ राख्ने एआइडिआइएले जनाएको छ।