November 13, 2025, Thursday
२०८२ कार्तिक २८
1:37:26 pm

नेकपाले कारबाही गरेका चार पूर्वमन्त्री फेरि मन्त्री नियुक्त

4.5K

काठमाडौँ– नेकपा (माओवादी केन्द्र)ले कारबाही गरेका चार पूर्वमन्त्रीलाई आज पुन: मन्त्री नियुक्त गरिएको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभु साह र गौरीशंकर चौधरीलाई मन्त्री नियुक्त गरेकी हुन्। प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा उनीहरूलाई मन्त्री नियुक्त गरिएको राष्ट्रपति कार्यालयले जनाएको छ।

राष्ट्रपति कार्यालयले एक विज्ञप्ति जारी गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा २०७४ फागुन ३ गते गठित मौजुदा मन्त्रिपरिषदमा नेपालको संविधानको धारा ७८ को उपधारा (१) बमोजिम प्रधानमन्त्रीको सिफारिसमा चार जनालाई मन्त्री गरी कार्यभार समेत तोकिएको जनाएको छ ।

Advertisement