April 22, 2025, Tuesday
२०८२ बैशाख १०
1:37:26 pm

सर्वोच्च अदालतको निर्णयपछि रोकियो फलेवास नगरपालिकाको केन्द्र परिवर्तन गर्ने निर्णय

7.3K

पर्वत–पर्वतको फलेवास नगरपालिकाको केन्द्र परिवर्तन गर्ने निर्णय तत्कालका लागि रोक्का गर्न सर्वोच्च अदालतले आदेश दिएको छ। नगरपालिका स्थापना भएपछि लामो समय भाडाको घरमा र त्यसपछि फलेवास सिँचाइ आयोजनाको कार्यालयबाट सञ्चालन गरिँदै आएको नगरपालिकाको केन्द्र परिवर्तन गर्ने निर्णय नगर कार्यपालिकाले पुसमा गरेको थियो। 

नगर कार्यपालिकाको बैठकले अहिले सञ्चालनमा रहेको नगरकार्यपालिकाको कार्यालय फलेवास–५ कै झकलकमा सार्ने निर्णय गरेको थियो। उक्त निर्णयविरुद्ध परेको रिटमा बुधबार न्यायाधीश पुरुषोत्तम भण्डारीको एकल इजलासले रोक्का गर्न आदेश दिएको हो।

नगर प्रमुखसहितको बैठकले स्थान परिवर्तनसहित प्रमुख प्रशासकीय भवन निर्माण गर्ने निर्णय गरेपछि उपप्रमुख मन्जु अधिकारीले सर्वाेच्च अदालतमा रिट दायर गरेकी थिइन्।

Advertisement

झकलक हालको कार्यालयबाट झण्डै एक किलोमिटरको दूरीमा रहेको छ। झकलकमा ६० दशमलव आठ रोपनी जग्गा उपलब्ध भएको छ। उक्त जग्गामध्ये अधिकांश स्थानीयवासीले नगरपालिकालाई अनुदानस्वरूप दिएका हुन्। रासस