काभ्रे । सडकमा जीवन निर्वाह गर्दै आएका दुई महिलाको हत्या अभियोगमा पाँच जना पक्राउ परेका छन् । काभ्रेको बनेपामा हत्या आरोपमा उनीहरु पक्राउ परेका हुन् । पक्राउ पर्नेमा २२ वर्षीय विजय तामाङ उर्फ रोशनसहित ५ जना रहेका छन् ।
आइतबार विहान बनेपा नगरपालिका–८ स्थित बसमा ३५ बर्षीया महिला र बनेपा बसपार्कमा पूर्णकला भन्ने पूजा दमाईको शव भेटिएको थियो । उनीहरुले ३५ वर्षीया रक्सीले मातेर सुतेकी महिलालाई बलात्कार पश्चात हत्या गरेको प्रहरीले जनाएको छ । महिलाको नाम ठेगाना खुलेको छैन ।