काठमाडाैं–बिहान देशको पश्चिमी पहाडी भू–भागहरुमा आंशिक बदली रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार देशको बाँकी भू–भागमा तुवाँलोको प्रभाव रहे पनि मौसम भने सफा रहेको छ।
दिउँसो देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहने महाशाखाको भनाइ छ।
कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका केही स्थानमा र बाँकी प्रदेशका पहाडी भू–भागका केही स्थानमा मेघगर्जनसहित हल्का वर्षा हुने सम्भावना छ।
आज राति देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सफा रहने विभागको भनाइ छ।
राति पहाडी भू–भागका केही स्थानमा मेघगर्जनसहित वर्षाको सम्भावनासमेत छ ।