November 13, 2025, Thursday
२०८२ कार्तिक २८
1:37:26 pm

एमालेको नेपाल-खनाल समूहले बागमती प्रदेशमा समानान्तर कमिटी घोषणा गर्ने

2.9K

काठमाडौं- नेकपा एमालेको नेपाल-खनाल समूहले आज बागमती प्रदेशमा समानान्तर कमिटी घोषणा गर्ने भएको छ। 

खनाल नेपाल समूह बागमती प्रदेशको स्थायी कमिटि बैठकबाट समानान्तर कमिटी घोषणा गर्ने पार्टी स्थायी कमिटी सदस्य एवम् बागमती प्रदेशसभा सदस्य अष्टलक्ष्मी शाक्यले जानकारी दिइन्। 

बैठक विहान ११ बजे बल्खुस्थित एक पार्टी प्यालेसमा बस्दैछ। अध्यक्ष केपी शर्मा ओलीका गतिविधिप्रति तीव्र असन्तुष्टि व्यक्त गर्दै आएको खनाल नेपाल समूहले ओलीको कारबाहीका बाबजुद समानान्तर कमिटी घोषणा गर्दै आएको छ। 

Advertisement

दुई दिन अघि खनाल नेपाल समूहले काठमाडौं जिल्ला कमिटी घोषणा गरेको थियो । यस्तै गण्डकी प्रदेशमा पनि समानान्तर कमिटी गठन गरिसकेको छ। अध्यक्ष ओलीले वरिष्ठ नेता माधवकुमार नेपाल, उपाध्यक्ष भीम रावल, उपमहासचिव घनश्याम भुसाल र स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डेलाई कारबाही गरेपछि नेपाल खनाल समूह रुष्ट छ। ओलीले नेपाल खनाल समूहका सवै प्रदेश इन्चार्जलाई बखास्त गरेर आफू पक्षकालाई जिम्मेवारी दिएका छन्। 

नेपाल–खनाल समूहले संगठन सुदृढिकरण अभियान चलाउने तयारी पनि गरेको छ। आगामी बैशाखदेखि अभियान सुरु गर्ने तयारी भएको र आजको बैठकमा थप छलफल हुने नेतृ शाक्यले जानकारी दिइन्।