November 13, 2025, Thursday
२०८२ कार्तिक २८
1:37:26 pm

नेपालको पूर्वी भागमा भूकम्पको धक्का, केन्द्रबिन्दु भारत

3.8K

काठमाडाैं : आज (सोमबार) राति ९ बजेर १५ मिनेट जाँदा नेपालको पूर्वी भागमा भूकम्पको धक्का महसुस गरिएको छ। ५ दशमलव १ म्याग्निच्युटको भूकम्प गएको www.volcanodiscovery.com मा उल्लेख छ। 

यसअनुसार भूकम्प भारतको ग्यान्टोक (पूर्वी सिक्किम) भएको जनाइएको छ। साथै कालिम्पोङ, दार्जिलिङ, सिलिगुरी, जलपाइगुढी, भुटानलगायत क्षेत्रमा यसको धक्का महसुस भएको छ। 

नेपालको पूर्वी भागमा बढी महसुस गरिएको भूकम्पबारे यो समाचार तयार पार्दासम्म भूकम्प मापन केन्द्रले सूचना सार्वजनिक गरेको छैन। 

Advertisement