November 13, 2025, Thursday
२०८२ कार्तिक २८
1:37:26 pm

काठमाडौं उपत्यका छिर्ने नाकामा अनिवार्य हेल्थ डेक्स

7.9K

काठमाडौं- काठमाडौं उपत्यका प्रवेश गर्ने नाकामा अनिवार्य हेल्प डेक्स राखिने भएको भएको छ। आइतबार बसेको जिल्ला कोभिड १९  संकट व्‍यवस्थापन समितिको बैठकले उपत्यका छिर्ने नाकाका नगरपालिकामा स्वास्थ्य जाँच गर्न हेल्प डेक्स स्थापना गर्ने निर्णय गरेको हो।

काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीका अनुसार त्यहीँ नै एन्टिजेन परीक्षण गरिनेछ। परीक्षण नेगेटिभ देखिएको तर, लक्षण शंकास्पद देखिएमा पीसीआर परीक्षणका लागि स्वाब संकलन गरेर पठाइनसमेत समितिले निर्देशन दिएको छ।
 
एन्टिजेन परीक्षण गर्न हेल्थ डेस्कको व्यवस्था मिलाउने र सम्पर्क व्यक्ति तोक्ने जिम्मा सरकारलाई दिइएको उनले जानकारी दिए। त्यस्तै काठमाडौं उपत्यकाभित्रका सबै स्थानीय तहले आइसोलेसन र क्वारेन्टिनको व्यवस्था गर्ने पनि निर्णय भएको छ ।

‘यसअघि सबै महा–नगरपालिकाहरुमा सञ्चालित आइसोलेसन र क्वारेन्टिन सेन्टरहरुलाई अद्यावधिक राख्ने र सबै नगरपालिकाहरुले आ– आफ्नो नगरपालिकाभित्र कम्तीमा एक–एक आइसोलेसन र क्वारेन्टिनको व्यवस्थापन गर्नुपर्ने छ,’ निर्णयमा भनिएको छ।

Advertisement

स्वास्थ्यका मापदण्ड पालना नगरे दण्ड जरिबाना गर्ने जनाइएको छ। यस्तै सार्वजनिक स्थानमा गरिने कार्यक्रमहरु स्थगित गर्न र गर्नैपरे कार्यक्रमका लागि नेपाल सरकारद्वारा जारी गरिएको स्वास्थ्य मापदण्डको पूर्ण पालना गरी सञ्‍चालन गर्न समितिले आग्रह गरेको छ।

यता, जनचेतना प्रचार प्रसार गर्न शिक्षक, नर्स, स्वास्थ्यकर्मीलाई परिचालन गर्ने जनाइएको छ ।