November 13, 2025, Thursday
२०८२ कार्तिक २८
1:37:26 pm

मनकामना केबुलकार सेवा ६ दिनका लागि बन्द

6K

काठमाडौं–मनकामना केबुलकार बुधबारदेखि ६ दिनका लागि बन्द हुँदै  छ।

स्तरोन्नतिका लागि केबुलकार आगामी चैत्र २५ गतेदेखि चैत्र ३० गतेसम्म बन्द हुने कम्पनीले जनाएको छ। 

पहिलो चरणको कार्य अनुसार बुल ह्विल बेरिङ नयाँ फेर्नुका साथै बुल ह्विल र अन्य मर्मत सम्भारका लागि केबलकार बन्द हुन लागेको हो।

Advertisement

मर्मतका लागि अष्ट्रियाबाट प्राविधिक आउने भएपछि केबुलकार सेवा ६ दिनका लागि बन्द गर्न लागिएको हो। 

उक्त अवधिभर केबुलकारको बटम स्टेसनमा रहेको रेष्टुरेन्ट भने यथावत रुपमा सञ्चालन हुने बताइएको छ।

मर्मत सम्भारपश्चात् आगामी चैत ३१ गतेदेखि नियमित रुपमा सेवा सञ्चालन हुने मनकामना दर्शन प्रालिले जनाएको छ ।