November 13, 2025, Thursday
२०८२ कार्तिक २८
1:37:26 pm

प्रतिनिधि सभा बैठक आज १ बजे बस्दै

3.2K

काठमाडौं– आज प्रतिनिधि सभाको बैठक बस्दै छ । प्रतिनिधि सभाको चालु अधिवेशनको  सातौं बैठक दिउँसो १ बजे संसद भवन नयाँ बानेश्वरमा बस्दै छ।

आज बस्ने बैठकबारे सचिवालयले सूचना जारी गर्दै जानकारी गराएको छ। सूचनामा आजको बैठकमा हुने सम्भावित कार्यक्रम बारेसमेत जानकारी दिइएको छ। 

आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको आर्थिक वर्ष २०७६/२०७७ को वार्षिक प्रतिवेदन पेस गर्ने कार्यक्रम रहेको छ।

Advertisement

यस्तै सार्वजनिक लेखा समितिका सभापति भरतकुमार शाहले सार्वजनिक लेखा समितिको वार्षिक प्रतिवेदन २०७७ पेस गर्नेछन्। 

यसैगरी,  बैठकमा राज्य व्यवस्था तथा सुशासन समितिका सभापति शशि श्रेष्ठले ‘संघीय निजामति सेवा विधेयक सम्बन्धी समितिको प्रतिवेदन, २०७७ पेश’ गर्ने कार्यक्रम रहेको सूचनामा उल्लेख छ।