November 13, 2025, Thursday
२०८२ कार्तिक २८
1:37:26 pm

बर्दियामा पाटेबाघको आक्रमणबाट फेरि एक जनाको मृत्यु

6.6K

बर्दिया : पाटेबाघको आक्रमणबाट जिल्लामा फेरि एक जनाको मृत्यु भएको छ। हात्ती चराउन बर्दिया राष्ट्रिय निकुञ्जको गैँडा मचान क्षेत्रमा गएका माहुते ३१ वर्षीय पुलिसराम थारुलाई बाघले आक्रमण गरेको निकुञ्जका प्रमुख  संरक्षण अधिकृत विष्णुप्रसाद श्रेष्ठले जानकारी दिए। बाघलाई ‘डार्ट’ गरेर नियन्त्रणमा लिने प्रयास भइरहेको उनले बताए। 

मृतक थारुको घर ठाकुरबाबा नगरपालिका–९ का हाे । पाटे बाघ आक्रमणका जिल्लामा दिनहुँ  घटना दिनहुँ बढिरहेकाले डिभिजन वन कार्यालयले सूचना जारी गरेर वनमा वस्तु चराउन नजान आग्रह गरिरहेको छ।

Advertisement