April 22, 2025, Tuesday
२०८२ बैशाख ९
1:37:26 pm

सिम्रौनगढमा २४० वर्ष पुरानो इँटा फेला पर्‍यो

6.1K

काठमाडौं : पुरातत्व विभाग काठमाडौंले प्रदेश नं २ को प्रसिद्ध तथा ऐतिहासिक स्थल सिम्रौनगढस्थित रामजानकी मन्दिर जीर्णोद्धार गर्दा करीब २४० वर्ष पुरानो कलात्मक इँटा फेला परेको छ।

सिम्रौनगढ नगरपालिका–२ अमृतगञ्जस्थित सो मन्दिरको जीर्णोद्धार गर्ने क्रममा उक्त कलात्मक इँटा फेला परेको हो। सो इँटा वि.सं. १८३५ र १९३५ को हुनसक्ने बताइएको छ।

फेला परेको उक्त इँटामा विसं उल्लेख गरिएको नगरपालिकाका सदस्य परमानन्द मुखियाले जानकारी दिए। उक्त इँटा फेला परेपछि त्यहाँ विसं १९३५ भन्दा पहिले देखिनै मन्दिर रहेको अनुमान गरिएको छ।

Advertisement

ऐतिहासिक, धार्मिक तथा पर्यटकीयस्थल सिम्रौनगढका उचित संरक्षण हुन सकेको छैन।