April 22, 2025, Tuesday
२०८२ बैशाख ९
1:37:26 pm

भीरबाट लडेर राउटे किशोरको मृत्यु

3.9K

दैलेख – भीरबाट लडेर राउटे किशोरको मृत्यु भएको छ। बाँदरको सिकार खेल्न जंगल गएका राउटे किशोरको भिरबाट लडेर मंगलबार मृत्यु भएको हो।

सुर्खेतको चिङ्गाड गाउँपालिका मटेला जङ्गलमा सिकार खेल्न गएका १६ वर्षीय राउटे किशोर टेकराज शाहीको भिरबाट लडेर घटनास्थलमै मृत्यु भएको राउटे समुदायमा कार्यरत सामाजिक कार्यकर्ता लालबहादुर खत्रीले जानकारी दिए।

खत्रीका अनुसार मृतक टेकराजको शवलाई राउटे समुदायको परम्पराअनुसार राउटे अगुवाले मंगलबार नै दाहसंस्कार गरका छन्। समुदायका कुनै सदस्यको मृत्यु भएमा बसाइँ सर्ने राउटे समुदायको प्रचलन रहेको छ।

Advertisement

हाल यो समुदाय सुर्खेतको चिङ्गाड गाउँपालिका ५ मा पर्ने मटेला खोलानजिकै बसोबास गर्दै आएको छ। जङ्गलमा फिरन्ते जीवन बिताउँदै आफूलाई जङ्गलको राजा भन्न रुचाउने राउटे समुदायको सङ्ख्या हाल १ सय ४५ रहेको छ।

जङ्गलमा फिरन्ते जीवन बिताउँदै आएका ४४ घरका १ सय ४५ जना राउटे समुदायलाई दैलेखको गुराँस गाउँपालिकाले आफ्ना नागरिकका रूपमा परिचय पत्र वितरण गरेको छ।