November 13, 2025, Thursday
२०८२ कार्तिक २८
1:37:26 pm

कांग्रेसको दर्शनले मुलुक चलिरहेको छ: युवा नेता रविप्रकाश

6.7K

काठमाडौं । नेपाली कांग्रेसका युवा नेता रवि प्रकाश राईले नेपालमा सच्चा कम्युनिष्ट नेता कोही नभएको बताएका छन् । धनकुटामा कांग्रेस निकट किरात राई संघ जिल्ला तथा प्रदेश क्षेत्रीय तदर्थ समिति गठन कार्यक्रममा नेता राईले सो कुरा बताएका हुन् ।

नेपाली कांग्रेस महासमिति सदस्य समेत रहेका युवा नेता राईले भने “सक्कली कम्युनिष्टहरुले नेपालको अहिलेको व्यवस्था स्वीकार्न सक्दैन, बरु पाटीको सिद्धान्त फेरेर राजनीति गर्छन,” नेता राईले कम्युनिष्टहरुले वर्तमान सरकार संचालन गरिरहेता पनि त्यो नेपाली कांग्रेसको दर्शनको आधार रहेको बताए ।

नेपालको राजनीति कांग्रेसको दर्शनले नै चलिरहेको बताउदै नेता राईले कम्युनिष्टको दर्शन, लोकतान्त्रिक विधि र संसदीय व्यवस्था नहुने बताए ।

Advertisement