April 22, 2025, Tuesday
२०८२ बैशाख ९
1:37:26 pm

निषेधाज्ञाबीच फेरि सुरु भयो बर्दिबासमा प्रदर्शन

2.3K

बर्दिबास – बालिका हत्या तथा बलत्कारविरुद्धको प्रदर्शनमा प्रहरीको गोली लागेर मंगलबार एकजनाको मृत्यु भएपछि बर्दिबासमा प्रदर्शन  सुरु भएको छ। बुधबार बिहानैदेखि स्थानीयले  पूर्वपश्चिम राजमार्ग अवरुद्ध गरेर प्रदर्शन गरिरहेका छन्।

प्रहरीको गोली लागेर मृत्यु भएका बर्दिबास नगरपालिका १ का संजय न्यौपानेलाई शहीद घोषणा गर्नुपर्ने, मृतक परिवारलाई क्षतिपूर्ति दिनुपर्ने, गोली चलाउने दोषी प्रहरीलाई कारबाही गर्नुपर्ने, बलात्कारीलाई कडा कारबाही गर्नुपर्ने लगायतको माग गर्दै स्थानीय प्रदर्शनमा उत्रेका हुन्।

पूर्वमा रातो खोला, पश्चिममा वडा नं ५ को माइस्थान, उत्तरमा वार्ड नं ३ को पाटु र दक्षिण मा वार्ड नं ८ को क्वार्टर चौक सम्म निषेधाज्ञा लगाइएको छ । निषेधाज्ञा अवधि र क्षेत्र मा ५ जना भन्दा बढ़ी भेला जम्मा हुन नपाउने,अनावश्‍यक भेला हुन पाउने छैन। महोत्तरी का प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटुवालले निषेधाज्ञा अवधिमा राजमार्ग भने सुचारु रहने बताएका छन्।

Advertisement

बर्दिबास नगरपालिका-१४ शुभम् बस्तीका शहीद आलमकी ६ वर्षीया छोरी गुलाब साह खातुनको बलात्कारपश्चात हत्याको विरोधमा मंगलबार दिउँसो प्रदर्शनमा उत्रेका स्थानीयमाथि प्रहरीले अन्धाधुन्ध गोली चलाउँदा सञ्‍जय न्यौपानेसहित तीनजना घाइते भएका थिए ।