April 22, 2025, Tuesday
२०८२ बैशाख ९
1:37:26 pm

गृहनगर बुटवलमा अर्थमन्त्री पौडेललाई कालो झण्डा

3K

अर्घाखाँची – अर्थमन्त्री विष्णु पौडेललाई बुटवलमा कालो झण्डा देखाइएको छ। सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीका महासचिव समेत रहेका पौडेललाई गृह जिल्ला रुपन्देही आएका बेला प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका भ्रातृ संगठन नेपाल तरूण दल र नेविसंघका कार्यकर्ताले बुधबार बिहान तिनाउ पुल नजिकै कालो झन्डा देखाएका थिए।

अर्थमन्त्री पौडेल सैनामैनामा सञ्चालित आयोजना अवलोकन गर्न जाँदै गर्दा सडकमा भेला भएका कांग्रेस कार्यकर्ताले उनलाई कालो झन्डा देखाएका हुन्। पौडेल करिब एक वर्षपछि मंगलबार बुटवल आएका हुन्। पदसँग राजधानी साटेको भन्दै अर्थमन्त्री पौडेललाई कालो झन्डा देखाइएको कांग्रेसले जनाएको छ। अहिले बुटवल आसिासका क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारिएको छ। अर्थमन्त्री पौडेल बुधबार र बिहीबार रूपन्देहीका विभिन्न आयोजना अनुगमन, शिलान्यास तथा उद्घाटनमा सहभागी हुने कार्यक्रम छ।

लुम्बिनी प्रदेशको अस्थायी राजधानी बुटवल थियो। हालै प्रदेशको स्थायी राजधानी दाङ तोकिएको छ। यसअघि राजधानी तोक्ने क्रममा पनि कांग्रेस कार्यकर्ताले विरोध गरेका थिए। त्यसबेला नेविसंघले मुख्यमन्त्री शंकर पोखरेलको गाडीमा ढुंगा प्रहार गरेका थिए। 

Advertisement