November 13, 2025, Thursday
२०८२ कार्तिक २७
1:37:26 pm

६ सय ६० भन्सार एजेन्टका लागि खुल्यो आवेदन

3.5K

काठमाडौं– भन्सार विभागले ६ सय ६० भन्सार एजेन्ट इजजातका लागि आवेदन खुलाएको छ। अर्थ मन्त्रालय अन्तर्गत भन्सार एजेन्टका लागि अनलाइन दरखास्त आह्वान गरेको हो।

विभागले २१ वर्ष उमेर पुगको नेपाली नागरिले भन्सार एजेन्ट इजाजतका लागि आवेदन दिने सक्ने गरी सूचना जारी गरेको हो। विभागले मान्यता प्राप्त शिक्षण संस्थाबाट स्नातक वा सो सहर उत्तीर्ण गरी कम्युटर सम्बन्धी कम्तीमा ३ महिनाको आधारभूत तालिम लिएको हुन पर्ने सर्त अगाडि सारेको छ।

यसैगरी विभागले सरकारलाई तिर्नपर्ने रकम बाँकी नभएको र कुनै फौजदारी अभियोगमा अदालतबाट कसुरदार प्रमाणित नभएको हुनु पर्ने सर्त अगाडि सारेको छ।

Advertisement

आवेदन दिनेले लिखित र अन्तर्वात दिनु पर्नेछ भने परीक्षा काठमाडौंमा मात्रै हुने विभागले जनाएको छ।

दरखास्त भर्न दस्तुर ३ हजार रुपैयाँ लाग्ने विभागको सूचनामा उल्लेख छ। २०७८ वैशाख ५ गतेसम्म दरखास्त दिने समय सिमा राखिएको छ।