April 22, 2025, Tuesday
२०८२ बैशाख ९
1:37:26 pm

तिव्र गतिमा निर्माण हुँदै फिक्कल–नयाँबजार सडक

5.6K

फिक्कल । इलामको उत्तरपूर्वी क्षेत्रका बासिन्दाले आवतजावत गर्ने फिक्कल नयाँबजार जौबारी सडक कालोपत्रे गर्ने कामले तिब्रता पाएको छ । पर्यटकको आवजावत हुने र देशकै सबैभन्दा ठूलो आलु विकास केन्द्र जौवारी हुँदै भारत जोड्ने सडकको कालोपत्रे शुरु भएपछि वर्षौसम्म सडकको समस्या भोग्दै आएका स्थानीयबासीमा खुशियाली छाएको हो ।

ट्रयाक खोलिएको ६५ बर्षपछि इलामको फिक्कल–नयाँबजार–जौबारी सडक कालोपत्रे गर्ने काम सुरु भएको थियो । सडक निर्माणको २०७६ मंसिरमा सम्झौता भएपनि कोरोना भाइरसका कारण लकडाउन भएपछि काम रोकिएको थियो । सरकारले लकडाउन हटाएपछि निर्माण कम्पनीले पूर्वाधार निर्माणको कामलाई तिब्रता दिएको थियो ।

फिक्कल नयाँबजार सडक कालोपत्रेका लागि प्रदेश एक सरकारबाट ५३ करोड ८९ लाखमा ठेक्का सम्झौता भएको छ । पर्यकको आवजावत हुने र देशकै सबैभन्दा ठूलो आलु विकास केन्द्र जौवारी हुँदै भारत जोड्ने सडकमध्ये पहिलो चरणमा २० किलोमिटर २ सय मिटर कालोपत्रे हुनेछ ।

Advertisement