April 22, 2025, Tuesday
२०८२ बैशाख ९
1:37:26 pm

कोरोनाले धुवाँसँगै बिलाएर गयो इन्सपेक्टर बुढाथोकीको बिहेको सपना

2.5K

काठमाडौं – कोरोना संक्रमणका कारण निधन भएका सशस्त्र प्रहरी निरीक्षक (इन्सपेक्टर ) नवीन बुढाथोकीको अन्त्येष्टि गरिएको छ। शवको विराटनगरस्थित परोपकार घाटमा मंगलबार धार्मिक संस्कार अनुसार मृतक बुढाथोकीका काका टीकाराम खुलालले अन्त्येष्टि गरेका छन्।

२०६८ सालमा प्रहरी निरीक्षकबाट सेवामा प्रवेश गरेका बुढाथोकीले संखुवासभा लगायत पूर्वका विभिन्न ठाउँमा कार्यरत थिए।  उनी घरका जेठा सन्तान थिए। घरमा आमा बाबु र भाइ बहिनी रहेकाे तेह्रथुमको म्याङलुङ नगरपालिका–१ का वडाध्यक्ष इन्द्रराज लिम्बुले जानकारी दिए। बुढाथोकी सोही वडा निवासी हुन्। उनी अत्यन्तै मिजासिला रहेकाे लिम्बुको भनाइ छ। बुढाथोकीको निधनले गाउँनै शाेकमा डुबेकाे लिम्बुको भनाइ छ। 

घरकाे जेठो छाेराको निधनमा उनका बाबुआमा बेहोश अवस्थामा रहेकाे समेत लिम्बुले बताए। उनको बहिनीको विवाह भइसकेकाे र घरमा सानो भाइ र आमा बुबा मात्रै थिए।  केही समयपछि विवाह गर्ने तयारी रहेकाे समेत उनका साथीभाई बताउछन्।   

Advertisement

उनको विराट मेडिकल कलेज विराटनगरमा उपचारकै क्रममा सोमबार राति निधन भएको थियो। 

तेह्रथुम स्थायी घर भएका बुढाथोकी हाल ३ नं गण मोरङमा कार्यरत रहेका थिए।  कोरोना संक्रमण बाहेक उनलाई अन्य दीर्घ रोगहरु भने नदेखिएको रिजालको भनाइ छ।  उनी कोरोना संक्रमण नियन्त्रणकै काममा खटिएका थिए।

thahakhabar