काठमाडौँ – मेराकी,होलिस्टिक वेलनेस रिट्रटको प्रि–लन्च हुने भएको छ । मेराकी,होलिस्टिक वेलनेस रिट्रट नेपालमा प्रिमियमर स्टेट–अफ–द–आर्ट वेलनेस थेरापी तथा आकर्षक आवासीय सेवा प्रदान गर्ने होलिस्टिक हिलिङ रिट्रिट हो ।
यहाँ आफ्नो मन, शरीर, र आत्मालाई पुनप्र्राप्ति गर्न प्राकृतिक चिकित्सा माध्यमबाट सर्टिफाइड विशेषज्ञहरुले होलिस्टिक वेलनेस, प्राणिक हिलिङ, योगा, लगायतअन्य थेरापीहरुद्वारा मार्गदर्शन गर्नेछन् । यही २० मार्च, २०२१ का दिन मेराकी,होलिस्टिक वेलनेस रिट्रटको प्राँगणमा प्रि–लन्च कार्यक्रम आयोजना गरिएको कम्पनीले जनाएको छ ।
शिवपुरी डाँडा र बुढानिलकण्ठमा सुन्दर तथानिर्मल वातावरणमा अवस्थित मेराकीतपाईंको आवश्यकता पूरा गर्न विभिन्न थेरापीहरुका साथै शुद्ध खानाहरुले तपाईंको जीवनशैलीमा परिवर्तन ल्याउने गरेको छ ।
मेराकी,होलिस्टिक वेलनेस रिट्रटको प्रि–लन्चमादुईवटा वर्कशपहरु हुँदै्
-प्राणिक हिलिङ
-होलिस्टिक वेलबिइङ एण्ड वेलनेस
तपाईंले आफ्नो शरीरको बारेमा थप जानकार हुँदै आध्यात्मिक, मानसिक र शारीरिक कमजोरीहरु सम्बन्धित विषेश तालिम पाउनेछन् । साथै, प्राकृतिक चिकित्सीय प्रणालीबाट नेपालको पहिलो र एकमात्र विलासी वेलनेस रिट्रिट गन्तव्यमातपाईंले पूर्ण स्वास्थ्यलाभको फाइदा उठाउन सकिनेछ ।
यहाँ तपाईंले नेपाल सरकार र विश्व स्वास्थ संगठनको सुरक्षा मापदण्डभन्दा अझ बढी सुरक्षित नीतिहरु अपनाएको अनुभव गर्न सकिने कम्पनीले जनाएको छ ।