April 22, 2025, Tuesday
२०८२ बैशाख ९
1:37:26 pm

चितवनमा जंगली हात्तीको आक्रमणबाट एक महिलाको मृत्यु

4.9K

काठमाडौं – चितवनमा जंगली हात्तीको आक्रमणबाट  एक जना महिलाको मृत्यु भएको छ। 

आज विहान  चार बजे भरतपुर महानगरपालिका-१३ गंगानगर स्थित जंगल छेउको बस्तीमा एक्कासी जंगली हात्ती आएर एकजनाको ज्यान लिएको छ भने ३ वटा कच्ची घर भत्काएको छ।

हात्तीको आक्रमणबाट  भरतपुर महानगरपालिका-१३ उज्वलनगर बस्ने  ५० वर्षीया तिलमाया भुजेलको  घटना स्थलमा नै मृत्यु भएको चितवन प्रहरीले जनाएको छ।

Advertisement