April 22, 2025, Tuesday
२०८२ बैशाख ९
1:37:26 pm

विराटनगरमा जुत्ताचप्पल व्यापार मेला सुरू

4.5K

विराटनगर । मोरङको विराटनगरस्थित रङ्गेली रोडमा विराट जुत्ताचप्पल व्यापार मेला–२०७७ सुरू भएको छ ।

बिहीबार विराटनगर महानगरपालिका मेयर भीम पराजुलीले व्यापार मेलाको उद्घाटन गर्नुभएको हो । फुटवेयर म्यानुफ्याक्चर्स एशोसिएशन अफ नेपालको आयोजना सुरू भएको एक्स्पो चैत ५ देखि बैशाख ५ गतेसम्म सञ्चालन हुनेछ ।

व्यापार मेलामा १२ कम्पनीको २० वटा ब्राण्डका जुत्ताचप्पलहरुको बिक्री वितरण हुने जनाईएको छ । स्वेदशी उत्पादनलाई प्रोत्साहन र प्रवद्र्धन गर्ने उद्देश्यले जुत्ताचप्पल व्यापार मेलाको आयोजना गरिएको मेलाका संयोजक होमनाथ उपाध्यायले बताउनुभयो । ‘एकै थलोमा १२ वटा कम्पनीका २० ब्राण्डका ५ हजार जोर बढी मोडलका जुत्ता चप्पलहरू एक्स्पोमा राखिएको छ,’ उहाँले भन्नुभयो, ‘मेला अवधिभर २ लाख ५० हजार जोर जुत्ता चप्पलको कारोबार हुने लक्ष्य छ ।’

Advertisement

देशभर साना तथा मझौला गरि १ हजार ५ सयको संख्यामा छरिएर रहेका जुत्ताचप्पल उद्योगहरूलाई सङ्गठित गर्न विराट जुत्ताचप्पल व्यापार मेला लाभदायक साबित हुने आयोजकको दाबी छ । स्वदेशी उद्योगले मात्रै बार्षिक ५ करोडभन्दा बढी सबै प्रकारका जुत्ताचप्पल उत्पादन गरि स्वदेशी बजारमा आपूर्ति गर्ने गरेको फुटवेयर एशोसिएशनको अभिलेखमा उल्लेख छ ।

१७ अर्बको बराबरको लगानी रहेको यसक्षेत्रले बार्षिक ३२ अर्ब बराबरको कारोबार गरिरहेको व्यापार मेलाका संयोजक उपाध्यायले जानकारी दिनुभयो ।