November 13, 2025, Thursday
२०८२ कार्तिक २७
1:37:26 pm

मान्छे खाने अर्को बाघ पनि नियन्त्रणमा

7.1K

बर्दिया – बर्दियाको खाता जैविक मार्ग क्षेत्रबाट बिहीबार अर्को बाघ पनि नियन्त्रणमा लिइएको छ। 

मान्छे खान पल्किएको दोस्रो बाघ पनि नियन्त्रणमा लिइएको डिभिजन वन कार्यालय बर्दियाले जनाएको छ।

बाघलाई प्राविधिकले बेहोस गरी नियन्त्रणमा लिइएको डिभिजन वन कार्यालय बर्दियाका डिभिजन अधिकृत महेन्द्रराज वाग्लेले जानकारी दिए। बुधबार मात्रै बर्दियाको गेरुवा क्षेत्रबाट बर्दिया निकुञ्जको टोलीले एक बुढो भाले पाटेबाघ नियन्त्रणमा लिएको थियो। 

Advertisement

त्यसको भोलिपल्टै मान्छे खान पल्किएको अर्को बाघ पनि नियन्त्रणमा लिइएको हो। मङ्गलबार दिउँसो मात्रै एक महिलालाई बर्दिया राष्ट्रिय निकुञ्जभित्र न्युरो खोज्न जाने क्रममा पाटेबाघले नै आक्रमण गरी ज्यान लिएको थियो । लगत्तै निकुञ्जको प्राविधिक टोलीले अनुगमन गरिरहेको थियो।

बर्दियाको मधुवन नगरपालिकाको जैविक मार्ग क्षेत्रबाट नियन्त्रणमा दिएको बाघलाई बाँके राष्ट्रिय निकुञ्जको उद्धार केन्द्रमा पठाइएको डिभिजन वन कार्यालय बर्दियाले जनाएको छ।