November 13, 2025, Thursday
२०८२ कार्तिक २७
1:37:26 pm

देशभर २४ घण्टामा १९८० कोरोना संक्रमित थपिए (विवरणसहित)

2.7K

काठमाडौं- नेपालमा पछिल्लो २४ घण्टामा थप १९८० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै कोरोना संक्रमितको संख्या २ लाख २२ हजार २८८ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म कोरोनाका सक्रिय संक्रमितको संख्या १८ हजार ८८४ रहेको छ ।

थप ३०४३ जना कोरोना संक्रमणमुक्त

Advertisement

पछिल्लो २४ घण्टामा थप ३०४३ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म २ लाख २ हजार ६७ पुगेको छ ।

उनीहरू देशका विभिन्न स्थानका अस्पतालबाट संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो।

थप १६ जनाको मृत्यु

नेपालमा पछिल्लो २४ घण्टामा थप १६ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ ।

योसँगै नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या १३३७ पुगेको छ ।

यस्तो छ स्वास्थ्य मन्त्रालयको तथ्यांक