November 13, 2025, Thursday
२०८२ कार्तिक २८
1:37:26 pm

सत्ता समीकरणका लागि कांग्रेस र जसपासँग माओवादी केन्द्रले वार्ता गर्ने

2.7K

काठमाडौँ– नेकपा माओवादी केन्द्रले सत्ता समीकरणका लागि नेपाली कांग्रेस र जनता समाजवादी पार्टीसँग वार्ता गर्ने निर्णय गरेको छ ।

कोटेश्वर, पेरिसडाँडामा आज बसेको केन्द्रीय कमिटी बैठकले संसदमा रहेका मुख्यतया दुई दलसँग वार्ता गर्ने निर्णय गरेको नेता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

सरकार निर्माणबारे संसदमा भएका दलसँग वार्ता गर्ने निर्णय गरेको माओवादी केन्द्रले नेकपाको विवादमा सर्वोच्चले गरेको फैसलाको पुनरावलोकनमा पनि जाने भएको छ । बैठकले नेकपा विवादमा सर्वोच्चको फैसलामा पुनरावलोकनमा जाने निर्णय गरेको हो ।

Advertisement

जिल्ला तथा प्रदेशमा नेताहरू संगठन विस्तारका काममा जाने पनि निर्णय भएको नेता श्रेष्ठले जानकारी दिए ।

केन्द्रीय कमिटी बैठक केही दिनका लागि स्थगित गरिएको पनि उनले जानकारी दिए ।

पार्टीका तर्फबाट सरकारमा गएका मन्त्रीलाई फिर्ता बोलाइएको र पत्रसमेत पठाइएकोमा अहिलेसम्म उनीहरूले जवाफ नदिएकोले अब त्यसैलाई आधार बनाएर पार्टीले निर्णय लिने पनि श्रेष्ठले बताए ।