November 13, 2025, Thursday
२०८२ कार्तिक २८
1:37:26 pm

अलग–अलग भएपछि के कुरा छ र ?: प्रचण्ड

3.1K

काठमाडौँ –  प्रधानमन्त्री केपी शर्मा अ‍ोलीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई टेलिफोट गरेका छन् ।

आइतबार अध्यक्ष प्रचण्डलाई फोन गरेर प्रधानमन्त्री ओलीले बालुवाटारमा भेट्न बोलाएको माओवादी केन्द्रका उपाध्यक्ष नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

‘उहाँले फोन वा भेटेर छलफल गर्दा के नै बिग्रन्छ र ? भन्नुभयो । उहाँले भेटौ कुरा गरौं भनेर प्रस्ताव गर्नुभएको छ’, उनले भने, ‘प्रचण्ड कमरेडले पार्टी अलग अलग भएपछि अब के कुरा छ र भन्‍नुभयो ।’

Advertisement

प्रधानमन्त्री ओलीले बिहान बेलुका समय मिलाएर बालुवाटार आउन आग्रह गरेका थिए ।