April 22, 2025, Tuesday
२०८२ बैशाख ९
1:37:26 pm

नारी दिवसमा प्रवासी महिलाहरुको अन्तरक्रिया कार्यक्रम “नेपाली महिला आन्दोलन: संभावना र चुनौती”

२०७७ फाल्गुन २५

5.1K

लण्डन । ८ मार्च २०२१ का दिन नेकपा प्रवास समन्वय कमिटीले प्रवासी महिलाहरुको संयोजकत्वमा १११ औं अन्तर्राष्ट्रिय नारी दिवसलाई मध्यनजर गर्दै “नेपाली महिला आन्दोलन: संभावना र चुनौती” नामक अन्तरक्रियात्मक कार्यक्रम जूम भर्चुअल मार्फत सम्पन्न गरेको छ ।

कार्यक्रममा मुख्य वक्ताको रुपमा बोल्दै नेकपा स्थायी समिति सदस्य अष्टलक्ष्मी शाक्यले आफ्नो अधिकार स्थापित गर्न रुढिवादी पितृसत्तात्मक सोचमा रुपान्तरण ल्याउनु पर्ने, विभेद र कुरिती आफु र आफ्नो घरबाट नै हटाएर निरन्तर महिलाहरुको आत्मविश्वास र क्षमता बढाउन अझै सघर्ष गर्नु पर्ने बताइन साथै एसिड आक्रमणबाट पिडित मुस्कान खातुनको साहसलाई सम्मान गर्नुपर्ने बताईन । त्यस्तै गरेर अर्का प्रमुख वक्ता अनेमसंघका अध्यक्ष अमृता थापा मगरले नेतृत्व निरन्तरता महिला आन्दोलनको अहिलेको चुनौती रहेकोले नेतृत्व निर्माणमा बिशेष ध्यान दिएर श्रम विभाजनको सम्मान गर्दै राजनैतिक, आर्थिक र सामाजिक रुपमा महिलाहरु सवल हुनसकेमा सम्भावनाको क्षेत्र देशको लोकतन्त्रले फराकिलो भएको बताईन।

अन्तरक्रिया कार्यक्रममा अतिथि वक्ताहरु प्रतिनिधि सभा सदस्य अन्जना विशंखे, प्रदेश सभा सदस्य मन्जु शाह, युवासंघ नेपाल सदस्य क्रान्ति बुर्लाकोटी र अनेरास्ववियु नेता पंन्चा सिंहले नारी दिवसको स्थापना, औचित्य र बिशेषता लगायत नेपाली महिलाहरु र संबिधानमा भएका महिला अधिकारको कायान्वयन बारे इतिहासबाट वर्तमान सम्मका उपलब्धि, चुनौती र सम्भावनाहरुबारे बिचारहरु राखेका थिए।

Advertisement

कार्यक्रममा प्रवासी नेपाली एकता मंचका अध्यक्ष युवराज चौलागाई, सचिव श्रीप्रसाद शाहलगायत प्रवासी नेपाली एकता मंच युकेका अध्यक्ष राजेन्द्र पुडासैनीले महिला हकअधिकारका लागि राजनीतिक दलहरुले पनि सहयोग गर्नुपर्ने धारणा राखेका थिए साथै जनमुक्ति सेना जानुका धमलाले पनि महिला सेनाको प्रभावकारिता र व्यवस्थान बारे विचार राखेकी थिइन् ।

कार्यक्रमको अध्यक्षता कार्यक्रम संयोजक तथा प्रवासी नेपाली एकता मंच साइप्रसकी अध्यक्ष रमिला राईले गरेकी थिइन् भने युकेबाट संगीता मरहठ्ठाले संचालन गरेकी थिइन्। उपस्थित सबैलाई जापानबाट कालिका थापाले स्वागत गरेकी थिइन् भने स्पेनबाट शितल भुर्तेल भुसालले धन्यवाद मन्तव्य दिएकि थिइन् । कार्यक्रममा सरिता शर्मा, प्रतिमा केसी, सुनील देवकोटा लगायतले मुक्तक बाचन गरेका थिए।